बुधबार, पुष १०, २०८१
सहकारी पीडित

हाम्रो निर्णायक आन्दोलन मंसिर ५ मा हुन्छ : सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान

हामी आन्दोलनमा उत्रिने बाध्यता सरकारले बनायो ।


९ कात्तिक, काठमाडौं । सरकारले आफूहरुलाई बेवास्ता गर्दै माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले फेरि वृहत राष्ट्रिय आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आज एक विज्ञप्ति जारी गरी सरकारले बचत फिर्ताको जिम्मा नलिएसम्म आफूहरूको रकम फिर्ता हुने अवस्था नदेखिएकोले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएको हो ।

सहकारी बचतकर्ताको बचत फिर्ता गर्न सरकारले जिम्मा नलिएसम्म बचतकर्ताको रकम फिर्ता हुने देखिँदैन, त्यसैले सरकारले यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ । त्यसैले हाम्रो निर्णायक आन्दोलन मंसिर ५ मा हो । हामी आन्दोलनमा उत्रिने बाध्यता सरकारले बनायो ।’ अभियानका अध्यक्ष कुशलब केसीले भनेका छन् ।

सहकारी पीडितले बुधबार डिपुटी गर्भनर सहित बसेको क्याबिनेट छलफलमा पनि आफूहरूको प्रतिनिधि नराखी सम्झौता गरेको आरोप लगाएका छन् । उनीहरुले पटक-पटक सम्पर्क गर्दा पनि सरकारी पक्ष सम्पर्कमा आउन नचाहेको बताएका छन् ।

हाम्रो समस्याको सम्बोधन गर्ने क्रममा चासो नदेखाउने र फोन सम्पर्क गर्दा समेत नउठाउने सरकार अनुत्तरदायी भएका कारण आन्दोलनको घोषणा गर्नुपर्ने बाध्यता भएको हो ।’, उनले भनेका छन् ।



Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading