12/17/2025, 23:05:48
बुधबार, पुष ०२, २०८२

एमाले महाधिवेशन : रातभर मतदान हुने

लामो समयसम्म मतदानका लागि खटिनुपर्दा कतिपय मतदाता बेहोस भएको छन्


काठमाडौं, पुस २ : नेकपा (एमाले) को ११ औँ महाधिवेशनको आज पाँचौँ बुधबार मतदान जारी छ । नेतृत्व चयनका लागि जारी मतदानको समय बिहीबार बिहान ७ बजेसम्म थप गरिएको जानकारी एमालेको निर्वाचन आयोगले दिएको छ ।

आयोगको उपाध्यक्षमा सानुराज पोखरेलले बुधबार साँझ ८ बजेसम्म एक हजार १०५ मत खसेको र मतदान रातभर जारी रहने जानकारी दिनुभयो । उहाँले कसैलाई पनि मतदानबाट बन्चित नगरिने पनि स्पष्ट पार्नुभयो ।

मतदानमा सहभागी हुने प्रतिनिधिहरुको सहजताका लागि प्रतिनिधिहरूलाई टोकन प्रणालीमार्फत मतदानस्थलमा प्रवेश गराउने व्यवस्था मिलाइएको छ । लामो समयसम्म मतदानका लागि खटिनुपर्दा कतिपय मतदाता बेहोस भएको छन् ।

विद्युतीय मतदान प्रणाली भए पनि विद्युतीय मतदानमा अभ्यस्त नभएका मतदातालाई मत दिनका लागि कतिपयलाई दुई घण्टासम्म लागेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बुधबार बिहान ९ बजेर १२ मिनेटबाट मतदान सुरु भएको जानकारी दिनुभयो ।