६ कात्तिक, काठमाडौं । बाढीले बगाएको २५ दिनपछि सिन्धुली–रामेछापमा बेलिब्रिज सञ्चालनमा आएको छ। सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल बाढीले बगाएपछि बेलिबृज जडानको कार्य सकिएर सञ्चालनमा आएको हो । मंगलबारदेखि बेलिबृज सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
सडक विभाग र नेपाली सेनाको सहयोगमा बेलिब्रिज तयार भएको छ। सडक विभागले हेटौंडाबाट ५ ट्रक बढी सामग्री सिन्धुली पुर्याएर बीपी राजमार्गसँग सम्बन्ध स्थापित गरेको छ। मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायतको टोली बिपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमनका लागि पुगेका थिए ।
‘आजबाट माइक्रो, सुमो, बस पुलमार्फत रामेछाप सिन्धुली आउजाउ गर्न सक्नेछन् । ढुवानीका साधन चल्न भने पुलको भार-लोड थप चेकजाँच गर्नुपर्छ।’ संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका शुभराज न्यौपानेले भने ।

असोज ११ बाट आएको ठूलो वर्षाले बीपी राजमार्ग सहितका सडकमा क्षति पुर्याएको थियो। रोशी खोलाले बगाएको बीपी राजमार्ग अस्थायी रुपमा दशैँअघि सुरु भए पनि रामेछाप र सिन्धुली जोड्ने बेलिब्रिज नहुँदा घुमेर हिँड्नुपर्ने बाध्यता थियो। निरीक्षणमा पुगेका मन्त्री दाहालले बेलिबृज निर्माण कार्यमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















