11/14/2025, 11:45:50
शुक्रबार, कार्तिक २८, २०८२

तिलिचो तालमा आठ देशका कुस्ती खेलाडीको ऐतिहासिक भिडन्त


मनाङ, कात्तिक २८ : मनाङ जिल्लामा पर्ने विश्वप्रसिद्ध तिलिचो ताल (४,९१९ मिटर) मा आगामी मङ्सिरमा विश्वकै अग्लो स्थानमा कुस्ती प्रतियोगिता आयोजना हुँदैछ । नेपाल महिला कुस्ती फाउन्डेसनले आयोजना गरिरहेको यस ऐतिहासिक कार्यक्रममा आठ देशका १२ जना कुस्ती खेलाडीहरूले सहभागिता जनाउने छन् ।

नेपालकी पहिलो महिला अन्तर्राष्ट्रिय कुस्ती खेलाडी भगवती खड्काको नेतृत्वमा यो आयोजना हुनेछ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, जापान, पाकिस्तान, सिंगापुर र नेपालका खेलाडीहरूले यस प्रतियोगितामा आफ्नो सामथ्र्य देखाउने छन् ।

यस आयोजनाले ‘विश्वकै अग्लो स्थानमा आयोजना गरिएको कुस्ती प्रतियोगिता’को रूपमा गिनिज वल्र्ड रेकर्ड कायम गर्ने लक्ष्य राखेको छ । स्थानीय प्रशासन, सुरक्षा निकायहरूको सहकार्यमा यो आयोजना सम्पन्न गरिनेछ ।

नेपाली महिला कुस्ती खेलाडीहरूको अन्तर्राष्ट्रिय पहिचान बढाउने, साहसिक खेलकुदलाई प्रवद्र्धन गर्ने र मनाङको पर्यटन विकासलाई गति दिने उद्देश्यले यो आयोजना गरिँदै छ । यसले मनाङको स्थानीय अर्थतन्त्र र पर्यटन उद्योगमा पनि सकारात्मक योगदान पु¥याउने अपेक्षा छ ।

– यदुप्रसाद भट्ट