11/13/2025, 23:13:25
बिहिबार, कार्तिक २७, २०८२

राष्ट्रपति पौडेलसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस


काठमाडौँ, कात्तिक २७ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालका लागि इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्वेकी राजदूत डाग्नी म्योस, श्रीलङ्काकी राजदूत रुवान्थी डेलपिटिया र म्यानमारका राजदूत थान्त सिनले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । उक्त समारोहमा सरकारका उच्च पदस्थ अधिकारिहरू समेत सहभागी हुनुहुन्थ्यो ।