२९ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले पशुपतिस्थित गौशाला रहेको धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको छ। मंगलबार महानगरपालिकाले प्रशासन कार्यालय काठमाडौंलाई एक पत्र लेख्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो ।
पत्रमा धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ ।
पत्रमा भनिएको छ, ‘ काठमाडौं महानगरपालिका नगर कार्यपालिकाबाट मिति २० २०८१/०६/०२ मा निर्णय भई पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच पशुपति गौशाला धर्मशाला सञ्चालन/व्यवस्थापन गर्न मिति २०८१/०२/२२ मा लिखित सहमति भएको हुँदा उक्त सहमतिपत्र सञ्चालन/ व्यवस्थापन गर्न शान्ति सुरक्षासहित आवश्यक सहयोगका लागि देहायका लागि कागजातको छायाँप्रति संलग्न गरी अनुरोध गरिन्छ ।’
जुन पत्र मंगलबार नै महानगरपालिकाले मारवाडी सेवा समितिले विरोध गरिरहेको गौशाला धर्मशालामा टाँसेको छ । कोषले मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई गौशालाको जिम्मेवारी दिएसँगै समितिले विरोध गरिरहेको छ भने महानगरले कुनै पनि हालतमा सहमति अनुसार काम अघि बढाउने भन्दै होरिङ बोर्ड समेत टांगिसकेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















