बुधबार, पुष १०, २०८१

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति पौडेलको हातबाट दशैंको टीका


२६असोज, काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा टीका अति-विशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने कार्यक्रम सुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइ दिएका छन् । साथै सरकारका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपतिबाट टीका लगाएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अति-विशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइ दिएका हुन् । यसपछि भने ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका जमरा लगाइदिने कार्यक्रम सुरू भएको छ ।

राष्ट्रपति पौडेल आफूले भने ९४ वर्षीय दाजु डुण्डीराज पौडेल र गुरु पुरोहितबाट शुभ साइतमा टीका र जमरा लगाएका थिए ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading