10/16/2025, 17:15:23
बिहिबार, असोज ३०, २०८२

मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु


गण्डकी– जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा सुरु गरेको छ ।

कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए ।

कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित सेवाग्राहीलाई प्रतीक्षालयबाट सेवा दिन सुरु गरिएको जानकारी दिँदै उनले अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराइने उद्देश्य राखिएको बताए ।

कार्यालयमा रहेका झन्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएकाले समस्या भएको उनको भनाइ छ । आन्दोलनका क्रममा कार्यालयमा रहेकामध्ये पोखरा महानगरपालिका–११, १२, १३ सहित मौजा, हेम्जाका कागजात जोगिए पनि अन्य सबैजसो वडाका कागजातहरू डढेको उनले जानकारी दिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..