10/09/2025, 14:55:51
बिहिबार, असोज २३, २०८२

चन्दा उठाएर म्याग्दी र कास्की सडक सञ्जालमा जोडियो


म्याग्दी । स्थानीयले चन्दा सङ्कलन गरी म्याग्दी र कास्कीलाई सडक सञ्जालमा जोडेका छन् । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काका अनुसार स्थानीयले चन्दा सङ्कलन गरेर घोडेपानी–नागेठाँटी–वनठाँटी खण्डमा दुई किलोमिटर ट्र्याक निर्माण गरेपछि दुई वटा जिल्ला सडक सञ्जालमा जोडेका हुन् ।

‘पोखरे बगरदेखि तल्लो घोडेपानी र कास्कीको नयाँपुलदेखि उल्लेरी हुँदै वनठाँटीसम्म यअघिनै सडक निर्माण भएर यातायात सञ्चालन हुँदै आएको थियो’, उनले भने-  ‘प्रदेश राजधानी  र प्रमुख पर्यटकीय गन्तव्य मुस्ताङ जोड्न यो छोटो बाटो भएकाले उल्लेरी, शिख, घार र घोडेपानीका बासिन्दाले चन्दा सङ्कलन गरेर ट्र्याक खोलेका हुन् ।’

मध्यपहाडी लोकमार्गको नयाँपुलदेखि कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा पर्ने पोखरेबगर जोड्ने यो सडक ४० किलोमिटर छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..