10/01/2025, 12:25:00
बुधबार, असोज १५, २०८२

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मध्यरात कालरात्रि पूजा


ताप्लेजुङ, १५ असोज : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा कालरात्रि पूजा गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले महानवमी सुरु हुने रातको ठिक १२ बजे पाथीभरा देवीलाई कालो बोकाको बलि चढाएको हो ।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङ, सदस्य चेतराज घिमिरे, इन्द्र नारायण भट्टराई लगायतको पूजाविधिमा उपस्थिति रहेको थियो । माथील्लो फेदीबाट सयौंको सङ्ख्यामा मानिसहरु सहभागी भएको क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

पाथीभरामा हरेक वर्ष महाअष्टमी सकिने र महानवमी सुरु हुने रात कालो बोकाको बलि चढाउने प्रचलन छ । पाथीभराका पुजारीका अनुसार अगाडि पूजा विधि सकेर ठिक १२ बजे बलि चढाउने प्रचलन रहेको छ ।