चितवन, असोज १३ : छ घण्टापछि तुइन खोलाको पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याएको छ । दसैं मनाउन हिडेका यात्रु मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा आएको पहिरोले अड्काएको थियो । सोमवार मध्यान्न १२ बजे सुख्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग साँझ ६ बजे खुलाइएको थियो ।
सार्वजनिक विदा भएको दिन सोमबार यात्रुको चाप धेरै भएको थियो । मध्यान्हबाटै मुख्य राजमार्गअवरुद्ध भएपछि सडकमा थामनिसक्नुको भिड भएको थियो । पहिरो पन्छाएपछि दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।