मङ्गलबार, पुष ०९, २०८१

मोबाइलमा फोन नम्बर नै सेभ नगरिकन ह्वाट्सएपमा मेसेज कसरी पठाउने ?


२१ असोज, काठमाडौं । व्यक्तिगत तथा व्यवसायिक सन्देश प्रवाहका लागि उपयोग गरिने मेसेजिङ एपमध्ये ह्वाट्सएप सबैभन्दा लोकप्रिय माध्यमको रुपमा विश्वभर नै प्रयोगमा रहेको छ । ह्वाट्सएपमा कसैलाई मेसेज पठाउनु पर्दा सुरुमा उसको फोन नम्बर सेभ गर्नु एउटा सामान्य अभ्यास हो । तथापि केही त्यस्ता तरिकाहरू छन् जसलाई अपनाउनुभयो भने तपाईंले मोबाइलमा फोन नम्बर नै सेभ नगरिकन ह्वाट्सएप मेसेज पठाउन सक्नुहुन्छ । त्यसमध्ये ३ वटा तरिका यी हुन् :

१. टेक्स्ट मेसेज सिधै ह्वाट्सएप मार्फत् सिधै पठाउने

टेक्स्ट मेसेज पठाउँदा फोनको मेसेज एपको साटो ह्वाट्सएप एप को प्रयोग गर्नु सबैभन्दा सजिलो उपाय हो । यसका लागि :

  • आफूले मेसेज पठाउन चाहेको प्रापकको मोबाइल नम्बर कपी गर्नुहोस्
  • ह्वाट्सएप खोल्नुहोस् र New chat बटनमा क्लिक गर्नुहोस्
  • त्यहाँ देखिने contact list मा आफ्नै नाम खोज्नुहोस्
  • त्यसपछि आफुले सुरुमा कपी गरेको नम्बर च्याटको टेक्स्ट बक्समा पेस्ट गर्नुहोस् र आफूलाई उक्त च्याट पठाउनुहोस्
  • फोन नम्बर आफैंलाई च्याटमा पठाएसँगै तपाईंको इनबक्समा प्राप्त उक्त मेसेजमा रहेको फोन नम्बरमा ट्याप गर्नुहोस्
  • सो नम्बर ह्वाट्सएपमा दर्ता भए नभएको हेर्नुहोस् । यदि प्रापकले सो नम्बरबाट ह्वाट्सएप चलाउने गरेको भए ऊसँग वार्तालाप सुरु गर्ने विकल्प देखा पर्दछ ।
  • त्यसपछि मेसेज पठाउनका लागि Chat with….अप्सनमा ट्याप गर्नुहोस् र मेसेज गर्नुहोस् ।
  • यो तरिकाले ह्वाट्सएप एप्लिकेसन भित्र राम्रोसँग काम गर्दछ र नम्बर सेभ नगरिकनै मेसेज गर्ने प्रभावकारी विधि पनि हो ।

२. ब्राउजरमा वेबलिंकको प्रयोग गरेर

फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा कसैलाई मेसेज गर्नका लागि अर्को एउटा प्रभावकारी विधि भनेको विशेष वेबलिंकको सिर्जना गर्नु हो । यसले मोबाइल र डेस्कटप दुबैमा काम गर्दछ । यसका लागि :

  • आफ्नो डिभाइसमा कुनै वेब ब्राउजर खोल्नुहोस् ।
  • ब्राउजरको एड्रेसबारमा https://wa.me/[PhoneNumber] युआरएल टाइप गर्नुहोस् र यसमा आफ्नो फोन नम्बरको साटो तपाइँले मेसेज पठाउन चाहेको फोन नम्बर लेख्नुहोस् । त्यसरी मोबाइल नम्बर लेख्दा कन्ट्री कोडसहितको पूरा मोबाइल नम्बर लेख्नुपर्छ। उदाहरणका लागि यदि तपाईंले नेपालकै कुनै व्यक्तिलाई मेसेज गर्दै हुनुहुन्छ भने वेबलिंक यस्तो लेख्नुपर्छ : https://wa.me/97798….
  • त्यसपछि लिंक खोल्नका लागि Enter वा Go to थिच्नुहोस् । त्यसपछि ह्वाट्सएपले सो नम्बरका लागि एउटा च्याट विन्डो खोल्नेछ
  • त्यसपछि continue to chat मा क्लिक गर्नुहोस् र ह्वाट्सएप च्याट इन्टरफेस खुल्नेछ। अब तपाईंले उक्त व्यक्तिलाई ह्वाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ।

३. ट्रु-कलर एपको प्रयोग गरेर

फोनकर्ताहरुको पहिचानका लागि व्यापक रुपमा प्रयोग गरिने ट्रुकलर एपमा ह्वाट्सएप मार्फत् मेसेज पठाउन सकिने बिल्टइन फिचर हुन्छ र यसो गर्दा उक्त फोन नम्बर सेभ गर्नु पर्दैन। यसका लागि :

  • ट्रुकलर एप खोल्नुहोस् र मेसेज पठाउन चाहेको नम्बर खोज्नुहोस्
  • फोन नम्बरको विवरण देखिएसँगै सो नम्बरको छेउँमा रहेको ह्वाट्सएप आइकन फेला पार्नका लागि तल स्क्रोल गर्नुहोस्
  • सो ह्वाट्सएप आइकनमा क्लिक गर्नुहोस्, जसले उक्त नम्बरका लागि नयाँ ह्वाट्सएप च्याट विन्डो खोल्नेछ । तपाईंले त्यहाँबाट ह्वाट्सएपमा मेसेज पठाउन सक्नुहुनछ । आफ्नो फोनमा ट्रुकलर प्रयोग गरिरहेका व्यक्तिहरुका लागि यो विधि निकै सजिलो र उपयुक्त हुनेछ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading