मङ्गलबार, पुष ०९, २०८१

‘सिधाकुरा’का प्रकाशक र सम्पादकले लिखित माफी मागेपछि जेलबाट छुटे

©Photo Credit : NepalKhabar

२० असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारवारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि सिधा कुरा अनलाईनका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्त भएका छन् । जगन्नाथ देवल(केन्द्रिय कारागार) प्रशासनले सर्वोच्च अदालतको पत्रको आधारमा दुवैजनालाई आईतबार कैदमुक्त गरेको हो । १३ असोजमा कारागार गएका उनीहरु विचमा सर्वोच्चमा उपस्थित भएर लिखित प्रतिवद्धता जनाएका थिए ।

सर्वोच्च अदालतको फैसला बमोजिम उहाँहरु दुवैजना सर्वोच्च अदालतमा पुगेर क्षमायाचना गर्नुभयो, त्यसका आधारमा सर्वोच्चबाट सात दिनको कैद भुक्तानपछि अरु कैद निलम्बन गरेर रिहा गरिदिनु भन्ने पत्र आयो । पत्रका आधारमा गएराती नै कैद भुक्तान भएकाले हामीले आज विहानै उहाँहरुलाई रिहा गरेका हौं ।’ जगन्नाथ देवल कारागारका प्रशासक कृष्ण बहादुर कटुवाल भने ।

सर्वोच्च अदालतको ९ सदस्यिय बृहत पूर्ण इजलासले उनीहरुलाई अदालतको अवहेलनाको आरोपमा दोषी ठहर गर्दै तीन महिनाका दरले कैद सजाय तोकेको थियो । सर्वोच्चले अवहेलना ठहरिएको समाचारप्रति क्षमायाचना गरी आइन्दा अवहेलनाजन्य काम नगर्ने प्रतिवद्धता जनाएमा सात दिन कैद बसेर बाँकी अवधि निलम्बन गर्नु भनी आदेश गरेको थियो ।

Photo Credit : NepalKhabar

तत्कालिन प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका केही न्यायाधीशहरु केही मिडिया सञ्चालकहरुसँग मिलेर घुससम्बन्धी मुद्दा प्रभावित पारेको भनी सिधाकुराले समाचार र अडियो रेकर्ड सार्वजनिक गरेको थियो । अवहेलनाको प्रक्रिया अघि बढेपछि सिधाकुराले समाचार हटाएको थियो । अडियो रेकर्ड गरेको आरोपमा दोषी ठहरिएका राजकुमार तिमिल्सिनामाथि ६ महिना कैद सजाय तोकिएको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading