काठमाडौँ, असोज ४ : दैलेख, डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंकबहादुर कार्की एक लाख घुससहित पक्राउ गर्नुभएको छ ।
कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम किल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलका अनुसार जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ९, मंगलगडी चोकबाट असोज २ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












