02/16/2026, 05:27:15
आइतबार, फागुन ०३, २०८२

गोरखामा कर्फ्यू हट्यो


सुलीकोट, भदौ २७ :गोरखामा २४ गते लागु भएको कर्फ्यू आज शुक्रबारबाट जिल्ला प्रशासनले हटाएको छ । २३ गतेदेखि गोरखामा सुरु भएको जेनजी आन्दोलन क्रमश कम हुँदै गएकाले स्थिती सामान्य भएसँगै शुक्रबारबाट प्रशासनले कर्फ्य हटाएको हो ।

“अहिले गोरखामा जनजीवन सामान्य छ”, गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भन्नुभयो, “आवश्यकता महसुस भएमा परिस्थिती हेरेर फेरी कडाई गरौँला ।”

जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै अहिले मर्यादित र सावधानिक पूर्वक आफ्ना गतिविधि गर्न गोरखाबासीलाई आग्रह गर्दै सरकारी कार्यालय, बैंक, बित्तिय संस्था, व्यापार व्यवसाय यातायात, निजि तथा सामुदायिक विद्यालय खुलाउन भनिएको छ ।

यातायातको समबन्धमा अर्को जिल्लाको अवस्था हेरेर मात्र सञ्चालन गर्नु पर्ने परिस्थिती रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

कर्फ्यू हटे पनि गोरखामा बिद्यालय, सरकारी कार्यालय, यातायातका साधन, व्यापार व्यवसाय भने ठप्प अवस्थामा रहेको  गोरखा नगरपालिका-६ का व्यवसाी पुष्कर अर्यायले बताउनुभयो । अहिले गोरखामा जिल्लामा राजनीतिक दल, विद्यार्थी संगठन, युवाले संविधान अनुसार अन्तरिम सरकार बनाउन माग गर्दै विज्ञप्ती निकालिएकाे छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..