09/11/2025, 14:23:43
बिहिबार, भदौ २६, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित


काठमाडौँ ,भदौ २६  : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ ।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझ देखिनै विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरूमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ”, उनले भने ।

विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्न सक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..