09/08/2025, 01:44:30
आइतबार, भदौ २२, २०८२

सामाजिक सञ्जाल प्रतिबन्ध भएपछि गुगलमा के के शब्दरुहरुको खोजी भयो ?


काठमाडौँ, भदौ २२ : सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै गुगलमा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) सर्च गर्नेहरूको संख्यामा बढ्दै गएको देखिन्छ । सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकसँगै भीपीएन लगायतका शब्दरुहरुको खोजी बढेको हो ।

गुगल ट्रेन्डमा पछिल्लो एक हप्ताको ग्राफ हेर्दा भीपीएन, डोमेन नेम सिस्टम (डीएनएस) लगायतका शब्दहरूको खोजी ह्वात्तै बढेको देखिन्छ ।

सेप्टेम्बर ३ कै दिन देखि सामाजिक सञ्जाल बन्द हुने हल्ला-खल्ला चलेपछि भीपीएनको सर्च बढेको हो । सरकारले सेप्टेम्बर ४ तारिकका दिन फेसबुक, युट्युब, इन्स्टाग्राम सहित २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै भीपीएनको खोजी गर्नेहरुको संख्या ह्वात्तै बढेको देखिन्छ ।

गुगल ट्रेन्डका अनुसार ४ सेप्टेम्बर दिउँसो १ बजे ८ पटक भीपीएन शब्दको प्रयोग गरेर खोजी भएको थियो भने त्यो संख्या बढेर अहिलेसम्म १०० मा पुगिसकेको छ । यो सामग्री तयार पार्दै गर्दा तलौका, चापागाउँ, चाँगुनारायण, अनन्तलिंगेश्वर, महालक्ष्मी लगायतका क्षेत्रमा भीपीएन शब्दको बढी खोजी भएको देखिन्छ ।

ग्राफ हेर्दा यो यत्तिकै रोकिने देखिँदैन । भीपीएनसँगै, प्रोटोन मेल, इन्टरनेट कि एक्सचेन्ज, भीपीएन अस्ट्रेलिया, नेपाल भीपीएन लगायतका शब्दहरुको खोजी पनि बढ्न थालेका छन् । त्यस्तै, १.१.१.१ डिएनएस, हाउ टु युज युट्युब इन नेपाल, ११११ भीपीएन फर पीसी, इज प्रोटोन भीपीएन फ्रि, इज प्रोटोन भीपीएन सेफ लगायतका प्रश्नहरु पनि गुगलमा सोधिन थालेका छन् ।