09/08/2025, 01:01:29
आइतबार, भदौ २२, २०८२

राष्ट्रपति पौडेलद्वारा ‘भन्सार सम्बन्धी विधेयक’ प्रमाणीकरण


काठमाडौँ, भदौ २२ : राष्ट्रपति रामचन्द्र पौडेलले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भइ आएको सो विधेयक प्रमाणीकरण भएका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम कानुन सम्बन्धी विधेयक पारित गर्नुभएको छ ।