१७ असोज, काठमाडौंं । सर्वोच्च अदालत दसैँ पर्वका लागि आज (असोज १७ गते) देखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ। उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि दिउँसो ३ बजेसम्म सर्वोच्च खुला हुने भएको हो।
सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ।
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधि अन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










