काठमाडौँ, भदौ १९ : सरकारले निजामती सेवा दिवस, २०८२ लाई विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रूपमा मनाउने भएको छ ।
निजामती सेवा दिवसलाई उल्लास रूपमा मनाउन विभिन्न कार्यक्रम तय गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । भदौ १८ र १९ अन्तरटे«ड युनियन फुटसल कार्यक्रम, कविता प्रतियोगिता, सरकारी र सार्वजनिक स्थलको सरसफाइ, २० गते खेलकुद र रक्तदान कार्यक्रम भदौ २१ वृक्षरोपण कार्यक्रम हुने छ ।
त्यस्तै भदौ २२ गते मूल समारोह परिसंवाद कार्यक्रम, शुभकामना सन्देश प्रकाशन, विशेषाङ्क प्रकाशन, स्वास्थ्य परीक्षण, भदौ २३ गते अन्तर्क्रिया कार्यक्रम, भदौ २४ गते परोपकारी कार्य अन्तर्क्रिया कार्यक्रम तय भएको छ । मन्त्रालयका उपसचिव दीपक ढकालले निजामती सेवा दिवसलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न मुख्य सचिवको अध्यक्षतामा मूल समारोह समिति गठन गर्नुका साथै अतिरिक्त क्रियाकलाप गर्नका लागि विषयगत मन्त्रालयका सचिवको संयोजकत्वमा उपसमिति निर्माण गरिएको जानकारी दिनुभयो ।