काठमाडौँ, भदौ ४ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताउनुभएको छ।
नेपाल महिला सङ्घद्वारा आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो। डा. देउवाले भन्नुभयो, “महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हासिल भएका छन्। महिलाले महत्त्वपूर्ण संवैधानिक अधिकार पनि प्राप्त गरेका छन्। त्यो सबै नेपाली महिलाले गरेको सङ्घर्षकै उपलब्धि हो।”
मन्त्री डा. देउवाले नेपाली कांग्रेसकै महिला नेतृहरु मङ्गलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मको योगदानको स्मरण गर्दै उहाँहरु र अरु पनि महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट गर्नुभयो। उहाँले विसं २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्ति सम्मका सबै आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रहेको स्मरण गर्नुभयो।
वर्तमान संविधानले नेपालको सङ्घीय तथा प्रदेश संसदमा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता सकारात्मक भन्दै उहाँले यसको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यवहारिक बनाउन महिलाले नै सङ्घर्ष गर्नुपर्ने स्पष्ट गर्नुभयो।
उहाँले भन्नुभयो “हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हाबी नै छ। महिलालाई राजनीतिमा सजिलो छैन। त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लड्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीलाई जागरुक पार्याैं, सशक्त बनायौँ र अधिकारका लागि अघि बढ्न तयार पार्याैं।”
नेपालमा मात्र नभएर विश्वका अरु देशमा पनि महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृले सुनाउने गरेकाे उहाँले उल्लेख गर्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













