साउन ३०, काठमाडौँ : न्याय परिषद्ले जिल्ला र उच्च अदालतका न्यायाधीशहरुको ठूलो संख्यामा सरुवा गरेको छ । १२२ जिल्ला न्यायाधीश र उच्च अदालतका ८८ न्यायाधीशको सरुवा भएको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषद्को बैठकले सरुवा गरेको हो । परिषद्मा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, प्रधानमन्त्रीको सिफारिस र नेपाल बारको सिफारिसमा कानुनविद् सदस्य रहन्छन् ।
आर्थिक वर्ष सुरु भएलगत्तै सरुवा हुनु पर्ने भए पनि करिब एक महिनापछि सरुवा भएको हो ।