08/14/2025, 22:55:18

चार देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस


काठमाडौँ, साउन २९ : विभिन्न चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सूचना अधिकारी उपसचिव अर्चना खड्का अधिकारीका अनुसार बिहीबार राष्ट्रपतिसमक्ष जर्मनीका उडो युजेन भोल्ज र फिनल्यान्डका पेट्री जुहानी पुहाक्का आवासीय र बुर्किना फासोका डेसिरे बोनिफेस सोम र कम्बोडियाका रथ मेने गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।