बुधबार, पुष १०, २०८१

अस्तव्यस्त जन-जीवनलाई सुधार गर्नेतर्फ राज्यको तदारुक प्रयत्न होस् : पूर्वराजा ज्ञानेन्द्र


१३ असोज, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरो प्रभावितहरुलाई उचित राहत दिनुपर्नेमा जोड दिएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै शाहले भारी वर्ष हुनसक्छ भन्ने पूर्व सूचना हहुँदा हुँदै अग्रिम तत्परता एवं पूर्व प्रतिकार्य नभएका कारण मानवीय र भौतिक क्षति भएका बताएका हुन् ।

उनले मृतकको परिवारलाई उचित राहत, बेपत्ताहरुको खोजी तथा घाइतेको उपचार हुनुपर्नेमा जोड दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘अस्तव्यस्त जनजीवनलाई सुधार गर्नेतर्फ राज्यको तदारुक प्रयत्न होस् भन्ने हाम्रो आग्रह छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading