08/04/2025, 16:51:34

बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा राजीनामा पेश


१९ साउन, काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष राजीनामा पत्र बुझाउनुभएको छ । सोमबार लामाको तर्फबाट उहाँका स्वकीय सचिव छत्र बहादुर लामाले प्रदेश प्रमुखका स्वकीय सचिव बलराम गैरेमार्फत प्रमुखसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो ।

यसअघि लामाले आइतबार बेलुकीनै पत्रकारसम्मेलन मार्फत पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

प्रदेश प्रमुख देवकोटाको स्वास्थ्यमा समस्या आएपछि गत साउन १५ देखि उहाँ काठमाडौंको धापासीस्थित ग्रान्डी अन्र्तराष्ट्रिय अस्पतालमा भर्ना हुनुभएको थियो । यद्यपी, उहाँ स्वास्थ्य लाभ भएसँगै हेटौंडा कार्यालयमा सोमबार फर्किनुभएपछि लामाले सोमबार दिउँसो राजीनामा पत्र पेश गर्नुभएको हो ।