१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध भएको समयमा सहुलियत मूल्यमा हवाई सेवा दिन एयरलाइन्स कम्पनीहरूसँग आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्–’लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरू बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ। ‘
ओलीले नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको उल्लेख गर्दै प्राकृतिक विपत्ति सबै मिलेर सामना गर्नुपर्ने उल्लेख गरेका छन् । हाल अमेरिकामा रहेका प्रधानमन्त्री ओली आज राति स्वदेश फर्किने कार्यतालिका छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















