07/25/2025, 08:52:57

काठमाडौँको तीनकुनेमा एम्बुलेन्स दुर्घटना


काठमाडौँ, ८ साउनः काठमाडौँको तिनकुनेमा एक एम्बुलेन्स दुर्घटनामा परेको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाका बिरामीलाई काठमाडौँको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स राति करिब १० बजेतिर दुर्घटनामा परेको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको देखिएको बताउनुभयो ।

एम्बुलेन्समा चालक मात्र हरेका थिए । चालक दुर्गा कोइराला सामान्य घाइते र उहाँलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।