११ असोज, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने भएका छन् । शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा. फणीराज पाठकले जानकारी दिए ।
भुटान भ्रमण कति दिनको हुने र भुटानमा रहँदा उनले के-के गर्ने भन्नेबारे भने खुलिसकेको छैन । यद्यपि भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ । शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको छ । दसैँ मान्न भने उनी काठमाडौँ नै फर्किने कार्यतालिका तय भएको छ ।