१० असोज, काठमाडौँ । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि शुक्रबार र पर्सि शनिवार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । हाल विकास भइरहेको प्रतिकूल मौसमको कारण देशका कतिपय स्थानमा भारी र अति भारी वर्षाको सम्भावना रहेकोले रात्रिकालीन समयमा बस चलाउँदा जोखिम बढि हुने भएकोले सो आग्रह गरिएको हो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको जनाएको छ । वर्षाको कारण उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा शुक्रबार र शनिबार अर्थात् असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन प्राधिकरणले आग्रह गरेको हो ।

मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोष्टको निर्णय अनुसार रातिको समयमा यात्रा गर्दा पहिरो वा बाढीको आँकलन गर्न गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेको हिमाली तथा पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउ आग्रह गरिएको हो ।
प्रतिकुल मौसमको कारण धान बाली प्रभावित हुन सक्ने भएकोले धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउनसमेत प्राधिकरणले आग्रह समेत गरेको छ । यसैगरी, पहिरोको जोखिम भएका स्थानमा र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!












