07/11/2025, 04:58:16

वीरगञ्जको खानेपानी सङ्कट समाधान गर्न प्रतिबद्ध छौँ : खानेपानीमन्त्री यादव


वीरगञ्ज (पर्सा), २६ असारः खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जको पानी सङ्कटको तत्काल र दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

वीरगञ्ज महानगरमा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा मन्त्री यादवले स्थानीय तहसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

वीरगञ्जको पानी सङ्कटको तत्काल र दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार प्रतिबद्ध छ । स्रोत परिचालन, प्राविधिक सहायता र नीति निर्माणमा सरकारले कुनै कसर बाँकी राख्ने छैन”, उहाँले भन्नुभयो, “महानगरसँग सहकार्य गर्दै यहाँको पानीको समस्याको स्थायी समाधानको बाटोमा अघि बढाउने योजना छ ।

महानगरका प्रमुख राजेशमान सिंहले पानीको अभाव भएका क्षेत्रमा ट्याङ्कीमार्फत आपूर्ति गर्दै आएको र ट्याङ्करमार्फत दैनिक करिब डेढ लाख लिटर पानी वितरण भइरहेको बताउनुभयो । “पाइपलाइन पुगेका ठाउँमा धारा जडानको प्रोत्साहन कार्यक्रम र विभिन्न वडामा डिप बोरिङको पहल भइरहेको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका अध्यक्ष हरि पन्तले खानेपानी संस्थानमार्फत धारा जडान गर्दा वडा कार्यालयमा लाग्ने दस्तुर केही समयका लागि निःशुल्क गराउन माग गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ