07/11/2025, 05:42:38

कार्बन उत्सर्जनको जोखिम न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ : कांग्रेस महामन्त्री शर्मा


पाटन (ललितपुर), २६ असारः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको जोखिम न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी प्रशिक्षणका क्रममा महामन्त्री शर्माले संसारको साझा र ज्वलन्त मुद्दा जलवायु परिवर्तन भएकाले उल्लेख गर्नुभयो ।

जलवायु परिवर्तनको असर बढेको छ, कहिले अत्यधिक वर्ष, कहिले खडेरी, बेमौसमी वर्षाको समस्या छ, गत वर्षको बेमौसमी वर्षाले अर्बौंको क्षति पु¥यायो, यही साता हिमताल फुटेर रसुवामा धेरै क्षति पु¥यायो, कार्बन उत्सर्जन अत्यधिक धेरै हुँदा जलवायु परिवर्तनको असर बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “तसर्थ जलवायु परिवर्तनको असर घटाउन प्लास्टिकको प्रयोग घटाउनेदेखि हटाउनेसम्म, मानवीय क्रियाकलापमा सुधार ल्याउनेसम्म ध्यान दिनुपर्नेछ ।

उहाँले नेपाल र चीनका ४६ र भारतको एकसहित ४७ वटा हिमताल विस्फोटको जोखिममा रहेको बताउनुभयो । “कार्बन उत्सर्जनको अवस्था घटेन र मानिसको आनीबानी परिवर्तन भएन भने जतिसुकैबेला पनि विस्फोट हुनसक्छ, तापक्रम बढ्दा हिउँ पग्लिएर हिमताल बढ्दैछ”, उहाँले भन्नुभयो ।

उहाँले संसारको कार्बन उत्सर्जन घटाउन समुद्रले ३० प्रतिशत, नदीले ३ प्रतिशत सहयोग पु¥याउने भन्दै मानिसले पनि आफ्ना गतिविधिलाई नियन्त्रण गरेर जैविक, जीवाश्मा उत्पन्न हुने कार्बन घटाउन सचेत हुनुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ