विराटनगर, २२ असारः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिकसँग जोडिने गरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाइ सुविधा पनि दिने तर जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने बताउनुभयो ।
उहाँले भत्रुभयो, “राज्यले बीमा कम्पनीलाई सुविधा दिने नीति बनाइदिने तर सामान्य नागरिकले यसको सेवा नपाउने हो भने राम्रो हुँदैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।”
उहाँले बीमाका विविध पक्षका बारेमा आमनागरिकलाई जानकारी दिनुपर्ने अहिलेको आवश्यकता रहेको चर्चा गर्दै कृषि, पशुधन र स्वास्थ्य उपचारको बीमामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कोशी प्रदेशमा करिब रु तीन अर्ब प्रिमियम सङ्कलन हुने र डेढ अर्ब जति भुक्तानी हुने गरेको जानकारी दिनुभयो ।
कोशी प्रदेशका विभित्र क्षेत्रमा कसरी बीमा कार्यक्रम अगाडि बढाउन सकिन्छ भनेर अध्ययन भइरहेको र प्रदेश सरकारले यदि अध्ययन गर्न चाहेमा सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष ओझाले व्यक्त गर्नुभयो ।