काठमाडौँ, १३ असार : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेका उजुरीसम्बन्धमा उजुरीकर्तासँग छलफल गरेको छ । समितिको आजको बैठकमा पाँचै जना उजुरीकर्तासँग छलफल भएको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिनुभयो ।
प्रस्तावित न्यायाधीशविरुद्ध पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाई प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको थियो । उजुरीकर्तासँगको छलफल सकिएकाले आइतबार बस्ने बैठकमा न्यायाधीशको सुनुवाई गरिनेछ ।
सरकारले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको छ ।