06/26/2025, 16:45:34

विष्णुमतिमा गाडीसहित बगेकी महिलाको उद्धार


काठमाडौँ, १२ असारः काठमाडौँको टोखामा गएराति गाडीसहित बगेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । राति १० बजेको समयमा काठमाडौँको टोखा नगरपालिका–६ ग्राण्डी अस्पताल पछाडि विष्णुमति खोला किनाराबाट बा प्र०१–०३१ च ६१४१ नम्बरको निजी कार अचानक खोलामा खसेको थियो ।

काठमाडौँको धुम्बाराही बस्ने अङ्कुश सिंहले चलाएको कारबाट भावना ओली गाडीसहित बग्नुभएको थियो । चालक खोला किनारामा हामफाल्न सफल भएका थिए भने गाडीभित्र सवार ओलीलाई खोलाले बगाएको थियो ।

बाँनियाटार पुलमा आइपुगी गाडी अड्किएको अवस्थाबाट महिलाको उद्धार गरिएको प्रहरी पसिर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएकी महिला दाङ घर भई हाल टोखा बस्दै आउनुभएको थियो ।

उहाँलाई प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि ग्रिनसिटी अस्पताल पठाएको छ । क्रेनको सहायताले खोलाभित्र रहेको कारसमेत बाहिर निकाली प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको प्रहरीले जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ