06/23/2025, 20:20:30

हात्तीद्वारा तीन घरमा क्षति


बनियानी(झापा), ९ असारः झापाको बिर्तामोड नगरपालिका–८ मा जङ्गली हात्तीले तीन वटा घरमा क्षति पु¥याएको छ ।

आज बिहान करिब ४ बजे बिर्तामोड–८ शुक्रबारे टोलमा आएका ३–४ जङ्गली हात्तीको समूहले स्थानीय तीन घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

हात्तीले बिर्तामोडका ५५ वर्षीय सुफल मनीको घरमा बाँसको टाटी भत्काउँदा करिब रु १० हजार बराबरको क्षति भएको छ । भाग्ने क्रममा मनि सामान्य घाइते भएको बताइएको छ । उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

त्यस्तै सोही स्थानका ५६ वर्षीय कृष्णप्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काउँदा करिब रू ५० हजार बराबरको क्षति भएको छ भने सोही स्थानकी ४३ वर्षीया शिवकुमारी मगरको आँगनमा रहेको भकारीबाट हात्तीले करिब १०० किलो चामल खाएर नोक्सानी पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हात्ती सोही स्थानको देउनिया खोलातर्फ गएको जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ