जनकपुरधाम, ७ असारः मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले दैनिक रुपमा बढ्दै गएको सवारी दुर्घटना तथा यातायात क्षेत्रमा देखिएको समस्या समाधान सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
यातायात व्यवस्था कार्यालय धनुषा, जनकपुरधामद्वारा आज यहाँ आयोजित ट्राफिक प्रहरी र स्थानीय चुनौती बनेको बताउनुभयो । प्रदेश सरकारलाई सबैभन्दा बढी राजस्व यातायात कार्यालयबाट आएको जानकारी दिनुहँुदै मन्त्री रायले करको सदुपयोग प्रदेशको समृद्धिमा उपयोग गरिने बताउनुभयो । कार्यालयले ११ महिनामा रु ५८ करोड ६९ लाख राजस्व सङ्कलन गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चतुर्वेदी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी र यातायात कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले सडक सबैको साझा हो भन्ने भावनाका साथ सडकमा सवारी साधन सञ्चालन गर्नुपर्ने बताउनुभयो । जथाभावी पार्किङ गर्ने, खन्नेखोस्रने र सडक अवरोध नगर्ने उहाँहरूको आशय थियो ।
त्यस अवसरमा नेपाल पत्रकार महासङ्घ धनुषा जिल्लाध्यक्ष पुरन साहले ट्राफिक सचेतनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।