काठमाडौँ, ५ असार : नेपाल राष्ट बैंकले ‘पेवेल नेपाल‘ र ‘सजिलो पे पेमेन्ट‘को लाइसेन्स खारेज गरेको छ । ती कम्पनीले कानुनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले अनुमतिपत्र खारेज गरिदिएको हो । अवैध सुन कारोबारको भुक्तानी प्रक्रियामा डिजिटल पेमेन्ट गेटवे पेवेल र सजिलो पेको संलग्नता रहेको भेटिएको थियो ।
गत असारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्रकार सम्मेलन गरी यी दुई सेवा प्रदायक संस्थाहरूबाट अवैध सुन कारोबारको भुक्तानीमा सहजीकरण भएको खुलासा गरेको थियो । सोही विषयमा अनुसन्धान गर्दा ती कम्पनीहरू दोषी पाइएपछि राष्ट्र बैंकले अनुमति पत्र खारेज गरेको हो ।