06/19/2025, 17:48:13

सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै


जुम्ला, ५ असार : जुम्लाको सिंजा गाउँपालिकाभित्रका छ स्वास्थ्य संस्थालाई पोषणमैत्री वडा घोषणा भएका छन् । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार पोषणका आधारभूत सूचक पारभएपछि पालिकाभित्रका स्वास्थ्य संस्था पोषणमैत्री संस्था घोषणा गरिएको छ । उहाँले भन्नुभयो, “सिंजा–३ मा रहेको नराकोट स्वास्थ्यचौकी, वडा नं १ मा रहेको धापा स्वास्थ्य चौकी, वडा नं ५ स्थिति शनिगाउँस्थित स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएको छ । यसैगरी आधारभुत स्वास्थ्य केन्द्र वडा नं २ को विष्टबाडा, आधारभुत स्वास्थ्य केन्द्र वडा नं ४ को देवीडाँडा, आधारभूत स्वास्थ्य केन्द वडा नं ६ मा रहेको स्वास्थ्यचौकी समेत पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।”

यही असार ९ गते गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणा गरिने कार्यक्रम तय भएको छ । यसका साथै पोषण प्रदर्शनी मेला गरिने छ । यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समयदेखि स्वास्थ्य संस्थालाई सहयोग गरेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ