06/19/2025, 10:41:57

कृषि प्रवर्द्धनका लागि सिँचाइको सुविधा अनिवार्य : मधेश प्रदेश मुख्यमन्त्री सिंह


राजविराज (सप्तरी), ५ असार : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि प्रवर्द्धनका लागि सिँचाइको सुविधा अनिवार्य भएकाले प्रदेश सरकार त्यसतर्फ लागिपरेको बताउनुभएको छ ।

थ्री फेज कृषि विद्युतीकरण’ कार्यको आज शुभारम्भ गर्दै उहाँले कृषि क्षेत्रलाई माथि उठनका लागि सिँचाइ, मल, बीउ, प्रविधि र बजारको सुनिश्चितता जरूरी रहेको बताउनुभयो ।

सप्तरीको हनुमाननगर क्षेत्रमा कृषि उत्पादन वृद्धि र सिँचाइको सुविधा सहज बनाउने उद्देश्यले नगरपालिकाभित्रका वडाका थ्री फेज कृषि विद्युतीकरण कार्यक्रमलाई अगाडि बढाइएको मुख्यमन्त्री सिंहले बताउनुभयो । विद्युतीकरण कार्य सम्पन्न भएपछि ती क्षेत्रका किसानले अब डिजेल पम्पमा निर्भर हुनुपर्दैन । सिँचाइका लागि आवश्यक पर्ने विद्युत् महसुल नगरपालिकाले नै व्यहोर्नेछ ।

त्यस्तै हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले किसानलाई सिँचाइमा प्रयोग हुने विद्युत्को महसुल नगरपालिकाले बेहोर्ने बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ