कीर्तिपुर (काठमाडौँ), ३० जेठः परराष्ट्रमन्त्री आरजु राणा देउवाले सम्बन्ध परम्परागत र संवादमार्फत सबल बन्दै गएको बताउनुभएको छ ।
परराष्ट्र मन्त्रालयद्वारा आज राजधानीमा आयोजित चौथो प्राध्यापक डा यदुनाथ खनाल लेक्चर शृङ्खलामा उहाँले लामो परम्परागत छिमेकी नेपाल चीनले दौत्य सम्बन्धलाई गत साता दशकमा पञ्चशिलका आधारमा व्यवस्थित र आधुनिक हिसाबले अघि बढाएको बताउनुभयो ।
चीन र नेपालले एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप र एक चीन नीतिलाई पूर्ण रूपमा पालन गर्दै समृद्धि प्राप्तिका लागि निकट सहकार्य गरिरहेको भनाइ पनि उहाँको थियो । चीन नेपालको वैदेशिक सहायताको ठूलो स्रोत भएको बताउँदै उहाँले नेपाल र चीनबीच सम्पन्न बिआरआइ सम्झौताले नेपालको विकासलाई गति प्रदान गर्ने पनि बताउनुभयो ।
“दुई देशबीच हवाई र जनस्तरका सम्बन्धको विस्तार तथा अन्य क्षेत्रमा थप गहिरो सहकार्य बढाउने सहमति भएको छ, यसबाहेक डिजिटल पूर्वाधारमा सहकार्यसमेत गरिँदैछ ।” नेपालका चीनले छोटोे समयमा गरिबी निवारणमा गरेको प्रगति अनुकरणीय रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रमका मुख्य विषयमा वक्ताले मामिलाविद् डा जयराज आचार्यले चीनको बढ्दो सम्पन्नता र विश्व रङ्गमञ्चमा चीनको बढ्दो प्रभावबाट लाभ लिने हो भने कुशल कूटनीतिक दक्षताका साथ काम गर्नुपर्ने बताउनुभयो । “यसलाई इन्टरनेटमा प्राप्त हुने सूचनाको भर परेर हँुदैन इतिहास देखिका पुस्तक र दस्तावेजको अध्ययन गरी चिनियाँ मानसिकता बुझ्नुपर्छ”, उहाँको भनाइ थियो ।
नेपाल–चीन सम्बन्धका बारेमा प्रख्यात विद्धान तथा कूटनीतिज्ञ यदुनाथ खनालले भनेजस्तै चिनियाँ यथार्थवादी रहेको र उनीहरुसँगको व्यहार दुई देशको परम्परागत सम्बन्धका साथै वर्तमान समयको यथार्थको आलोकमा हुनुपर्ने धारणा थियो । चीनसँगको सम्बन्धलाई सन्तुलनमा अघि बढाउनुपर्ने विचार राख्दै उहाँले त्यसोगर्दा अरु छिमेकीलाई विश्वासमा लिएर जानुपर्ने भनाइ उहाँको थियो ।
त्यस्तै अर्का मुख्य विषय वक्ता चिनियाँ परराष्ट्रविद् प्राध्यापक याङ्ग छेनछिले चीनको वर्तमान नेतृत्वले विश्वका सबै देशको सुरक्षा र विकासको नीति अघि सारिरहेको बताउनुभयो । नेपालसँगको युगौँ लामो सम्बन्ध चीनको सदैव प्राथमिकतामा रहेको बताउँदै उहाँले नेपालको आर्थिक विकासका हरप्रयासमा सघाउन तथा आर्थिक वृद्धिमा सहकार्य गर्न चीन तत्पर रहेको उहाँको भनाइ थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















