06/06/2025, 18:41:31

लैङ्गिकमैत्री तथा समावेशी उद्यम विकासमा सरकार प्रयासरत छ : मधेश प्रदेश मुख्यमन्त्री सिंह


जनकपुर, २२ जेठः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लैङ्गिकमैत्री तथा समावेशी उद्यमको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशको प्रतिनिधिमण्डलसँग आज यहाँ छलफल गर्दै महिलालाई आर्थिक रूपमा सशक्त बनाउन उद्यमशीलताका लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

महिलाको आर्थिक सशक्तिकरणबिना समावेशी विकास सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “महिला तथा पछाडि पारिएका समुदायलाई उद्यममा सहभागी गराएर मात्र दिगो विकास सम्भव छ । यसतर्फ सबै लगौँ ।

महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी नेतृत्वमको टोलीले ‘लैङ्गिकमैत्री तथा समावेशी उद्यम र व्यवसाय विकास’ सम्बन्धी स्थितिपत्र मुख्यमन्त्री सिंहलाई हस्तान्तरण गरेको थियो । महासङ्घले महिलाको उद्यमशीलता प्रवर्द्धनका लागि नीति सुधार, लगानीमैत्री वातावरण र सहुलियतपूर्ण पहुँच सुनिश्चित गर्न प्रदेश सरकारसँग आग्रह गरेको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ