05/16/2025, 16:53:42

प्रधानमन्त्री ओलीसँग राष्ट्रसङ्घीय अधिकारीको भेट


काठमाडौँ, २ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुुक्त राष्ट्रसङ्घको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिंह अलिस्जाहबानाले आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा अलिस्जाहबानाले नेपालले यही जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादको सफलताको कामना गर्दै वातावरणीय मुद्दामा नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने विश्वास दिलाउनुुभयो ।

प्रधानमन्त्री ओलीले सगरमाथाको मुलुक नेपालको अग्रसरतामा वातावरणीय महत्त्वबारे विश्वलाई गम्भीर रूपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको जानकारी गराउनुुभयो । भेटका अवसरमा नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर र परराष्ट्र मन्त्रालयका उच्चाधिकारी लगायत सहभागी हुनुुहुुन्थ्यो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ