07/05/2025, 06:55:40

पेट्रोलियम पदार्थको मूल्य घट्यो


१ जेठ, काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य घटेको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाउने निर्णय भएको छ ।

नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोल १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४२/१ सय ४२ रुपैयाँ पर्नेछ । नयाँ मूल्य बिहीबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।