05/04/2025, 12:29:27

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित


इनरुवा (सुनसरी), २१ वैशाख : नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेको छैनन् । उहाँसँग न कुनै कागजात छ न त कोही सहारा नै छन् । आमाबुबाको अत्तोपत्तो नभएपछि भुजेल नागरिकताबाट वञ्चित हुनुभएको हो ।

मलाई मेरो जन्मेको ठाउँ समेत जानकारी छैन”, भुजेलले रासससँग भन्नुभयो । विराटनगरस्थित एक बाल आश्रममा नौ वर्ष बिताउनुभएका भुजेलले कुन आश्रममा बिताएको विषयमा समेत जानकारी नभएको बताउनुभयो । उहाँ नौ वर्षको भएपछि त्यहाँबाट भागेर विराटनगर होटलमा काम गर्न थाल्नुभएको हो ।

विराटनगरबाट काम सिकेपछि भुजेल अहिले इनरुवामा न्यु विशाल सेकुवा कर्नरमा काम गर्दैआउनुभएको छ । उहाँलाई न आमाबुबा न घरको बारेमा जानकारी छ । यहाँ काम गर्नुअघि उहाँको नाम चङ्खे थियो । अहिले उहाँ अर्जुन भुजेलको नामबाट चिनिन थाल्नुभएको छ । भुजेल एक वर्षदेखि यहाँ काम गर्दै आउनुभएको छ ।

आमाबुबा र जन्मस्थानका विषयमा थाहा नहुँदा नागरिकता बनाउन समस्या भएको छ”, उहाँले भन्नुभयो । उहाँले नागरिकता बनाउन पहल गरिदिन आग्रह गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ