05/01/2025, 01:35:22

विष्णुमती पुल नजिक मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


काठमाडौँ, १७ वैशाखः बूढानीलकण्ठ नगरपालिका–५ विष्णुमती पुल नजिक आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बा ८४ प ४५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २२ वर्षीय पुरूषको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–४ गैह्रीधारास्थित नाङ्लो क्याफे हाउसबाट अवैध लागुऔषध गाँजा करिब एक सय ग्राम र ‘पोल्याण्ड’ करिब एक सय ग्रामसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा कामपा–५ हाँडीगाउँ बस्ने ४१ वर्षीय नरेश कायस्थ, ४४ वर्षीय सदाशिव महर्जन, सोही महानगरपालिका–४ बालुवाटार बस्ने ३३ वर्षीय सुनिल तामाङ, ४० वर्षीय सबिस लामा र सोही महानगरपालिका–१ नक्साल बस्ने ४७ वर्षीय राजेन्द्र खड्गी रहेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ