07/04/2025, 12:10:47

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई भारत प्रस्थान


काठमाडौँ, १३ वैशाख: पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई भारत प्रस्थान गर्नुभएको छ ।

उहाँ प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यहाँ जानुभएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिनुभयो । आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ ।

डा भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तरगत भारतका ईन्चार्ज शन्देश कार्की हुनुहुन्छ ।