04/26/2025, 00:14:05

बजेट छर्ने काम नगर्न सरकारलाई सांसद अर्यालको ध्यानाकर्षण


काठमाडौँ, १२ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले राष्ट्रिय समस्याको पहिचान र नागरिकको दैनिकीसँग जोडिएका उल्झनको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, बजेटलाई यथार्थपरक बनाउन र जनताको समस्या समाधानमा केन्द्रित गर्न आग्रह गर्नुभयो ।

शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा बजेट बनाउन सरकारलाई सुझाव दिँदै अर्यालले सामाजिक न्याय र समावेशितालाई ख्याल गर्न सुझाव दिनुभयो । कनिका छरे जसरी बजेट छर्ने काम नगर्न सरकारलाई सचेत गराउँदै उहाँले अनुत्पादक खर्च कटौती, भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

गभर्नर नियुक्तिमा सरकारले तमासा देखाएको आरोप लगाउँदै सांसद अर्यालले शिक्षक, चिकित्सक, सहकारी पीडितलगायतको असन्तुष्टि सम्बोधन गर्नेतर्फ ध्यान नदिइएको धारणा राख्नुभयो । सुधारको सुरुआत संविधानमा रहेको कमजोरीलाई सुधारबाट गर्नुपर्नेमा जोड दिँदै उहाँले सोही प्रयोजनका लागि गठन गरिएको भनिएको वर्तमान सरकारले त्यसतर्फ काम गर्न नसकेको उल्लेख गर्नुभयो । सांसद अर्यालले आफ्ना पार्टीका सभापति रवि लाछिानेमाथि अनावश्यक रूपमा फौजदारी मुद्दा लगाइएकामा आपत्ति प्रकट गर्दै सरकार जसरी पनि थुन्ने प्रक्रियामा लागेको लगाउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ