मङ्गलबार, पुष ०९, २०८१

नेकपा एमालेको पार्टी कार्यालय फेरि डुबानमा


२२ साउन, काठमाडौं । सोमबार राति र मंगलबार बिहानभर परेको वर्षाका कारण ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय फेरि डुबानमा परेको छ । एमाले कार्यालयसँगै नजिकै रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटबल मैदान र केही घरहरु पनि डुवानमा परेका छन् । मनोहरा खोलामा आएको बाढीका कारण करिडोरको सडक पनि डुवानमा परेर यातायात आवतजावत बन्द गरिएको छ ।

यसवर्ष एमाले कार्यालयमा बाढी पसेको यो तेस्रो पटक हो । पछिल्लो पटक एक हप्ताअघि डुवानमा परेको थियो ।

मनोहरा खोलामा पानीको सतह बढेर एमाले कार्यालय नजिकै पक्की पुलसम्म आइपुगेको छ । पक्कीपुलले पानीको प्रवाह रोकिएका कारण सडक र नजिकका घरबस्तीहरु डुबानमा परेका हुन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading