साउन १८, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन्। आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो। आज साँझ ४ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लागेका हुन्।
उक्त बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ। सुदूरपश्चिममा कांंग्रेसका १८ र एमालेका ११ सांसद छन्। दुबै दलले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै सोडारीले विश्वासको मत नपाउने निश्चित भएको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















