बुधबार, चैत ०५, २०८१

पब्लिक हाइस्कुलबाट शिक्षा हासिल गरेकाहरु अग्रणी स्थानमा छन् : कोशी प्रदेश मुख्यमन्त्री कार्की


धरान (सुनसरी), ६ चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पब्लिक हाइस्कुलबाट शिक्षा हासिल गरेकाहरू अग्रणी स्थानमा रहेको बताउनुभएको छ ।

धरान उपमहानगरपालिका–१२ मा रहेको पब्लिक हाइस्कुलको ७८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उहाँले पब्लिक हाइस्कुलले गरेको भौतिक सुधार र विविध क्षेत्रमा गरेका काम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, विजय राई, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किराती, पूर्वउपप्रमुखर मञ्जु भण्डारी पब्लिक स्कुलका शिक्षक शिक्षिका लगायत जनप्रतिनिधिको सहभागिता थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ